बेलौरीको फटिया भूपू सैनिक टोलमा भाद्र २ गते नवनिर्मित हनुमान मन्दिरको प्राण प्रतिष्ठा गरिँदै, सहभागिताका लागि आह्वान

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरी नगरपालिका वडा नम्बर १ फटिया भूपू सैनिक टोलमा नवनिर्मित हनुमान मन्दिरको प्राण प्रतिष्ठा विशेष धार्मिक अनुष्ठानसहित सम्पन्न गरिने भएको छ। स्थानीय समुदायको पहल तथा सक्रियतामा निर्माण सम्पन्न भएको उक्त मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अघि बढाइएको हो।

धार्मिक परम्परा अनुसार विधिपूर्वक मन्दिरमा मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिने उक्त पवित्र कार्यमा उपस्थितिका लागि सम्पूर्ण श्रद्धालु भक्तजन, समाजसेवी तथा स्थानीय बासिन्दाहरूमा सादर अनुरोध गरिएको छ। स्थानीय बासिन्दा गजेन्द्र पन्तका अनुसार लामो समयको प्रयास र स्थानीयवासीको सामूहिक योगदानबाट मन्दिर निर्माण कार्य सम्पन्न भएको हो। उहाँले धार्मिक सद्भाव अभिवृद्धि गर्न र अनुष्ठानलाई सफल पार्न सम्पूर्ण क्षेत्रवासीको गरिमामय उपस्थितिका लागि आह्वान गर्नुभएको छ।

फाटिया भूपू सैनिक टोलमा स्थापना भएको यस मन्दिरले स्थानीय धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास स्थानीयवासीले लिएका छन्। प्राण प्रतिष्ठा कार्यक्रममा भजनकीर्तन, पूजापाठ तथा प्रसाद वितरणसहितका विविध धार्मिक कार्यक्रमहरू सञ्चालन हुने आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ