मालिकार्जुन गाउँपालिका अध्यक्षका लागि जनकराज अवस्थीको प्रारम्भिक उम्मेदवारी दर्ता

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मालिकार्जुन गाउँपालिकाको अध्यक्ष पदका लागि जनकराज अवस्थीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रारम्भिक चरणको उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गर्दै अवस्थीले मालिकार्जुन गाउँपालिकाका न्यायप्रेमी जनसमुदाय, पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूसँग आफ्नो उम्मेदवारी अभियानमा सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गरेका छन्।

अवस्थीले स्थानीय तहमा जनताको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि, हाल गरिएको उम्मेदवारी दर्ता प्रारम्भिक चरणको मात्र भएकाले रास्वपाको निर्धारित विधि तथा प्रक्रियाअनुसार अन्तिम उम्मेदवार छनोट हुने जनाइएको छ। त्यसपछि मात्रै मालिकार्जुन गाउँपालिकाको अध्यक्ष पदका लागि पार्टीको आधिकारिक उम्मेदवार तय हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ