समाजसेवामा अग्रसर कांग्रेस नेता उपाध्यायद्वारा अपांगता भएका व्यक्तिहरूलाई ह्विलचेयर वितरण

केशब भट्ट, २१ जेठ, कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति तथा समाजसेवामा सक्रिय नेता गोपि प्रसाद उपाध्याय पछिल्लो समय सामाजिक उत्तरदायित्वप्रति गहिरो प्रतिबद्धतासहित विभिन्न सेवा–मूलक कार्यमा सक्रिय देखिएका छन्।

बुधबार उपाध्यायले बेलौरी नगरपालिका–४ स्थित मोतिपुर गाउँका ७७ वर्षीय टेकराज पन्त र सोही वडाको बजार क्षेत्रमा बसोबास गर्दै आएकी ६४ वर्षीया भगवती धामीलाई ह्विलचेयर वितरण गरेका हुन्। लामो समयदेखि शारीरिक अपाङ्गता भोग्दै आएका उनीहरूले सहज जीवनयापनका लागि ह्विलचेयरको आवश्यकता महसुस गरिरहेका थिए।

ह्विलचेयर प्राप्त भएपछि टेकराज पन्त र भगवती धामी दुबैले नेता उपाध्यायप्रति आभार व्यक्त गर्दै भने, “हामीलाई आवश्यक सहयोग जननिर्वाचितबाट नभए पनि उपाध्यायले गरेर दिनु भएकोमा खुशी लागेको छ। यस्तो कार्य साँच्चिकै सराहनीय छ।”

सभापति उपाध्यायले यस कार्यलाई समाजप्रतिको आफ्नो कर्तव्यको रूपमा लिएको बताए। अपांगता भएका नागरिकहरूको जीवन सहज बनाउने प्रयास गर्न पाउनु आफूका लागि सौभाग्य भएको उनको भनाइ छ।

स्थानीय बासिन्दाहरूले समेत उपाध्यायको सक्रियता र समर्पणको खुलेर प्रशंसा गरेका छन्। समाजसेवामार्फत जनतासँगको सम्बन्ध सुदृढ पार्दै नेता उपाध्यायले राजनीतिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ