वात्सल्यका अन्जित धामी काठमाडौँमा हुने U 14 क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश टिमबाट खेल्दै

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

U 14 राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेश टोलीमा छनौट हुन सफल भएसँगै वात्सल्य विद्या निकेतनमा अध्ययनरत कक्षा ७ का विद्यार्थी अन्जीत धामीलाई आज विद्यालयले शुभकामनाको साथ बिदाई गरेको छ।

वात्सल्य विद्या निकेतनका प्रधानाध्यापक लक्ष्मण दियालले बेलौरी जस्तो सानो क्षेत्रबाट प्रदेश तथा राष्ट्रिय स्तरसम्मको खेलाडी उत्पादन गर्न सक्नु विद्यालयको मात्र नभई समग्र बेलौरी तथा सुदूरपश्चिमकै गौरवको विषय भएको बताए।

यसका साथै नेपाल क्रिकेट संघ (CAN) को आयोजनामा म आउँदो जेठ २५ गतेदेखि २९ गतेसम्म काठमाडौमा सन्चालन हुने सो प्रतियोगिताको लागि आजै सुदुर पश्चिम प्रादेशिक क्रिकेट सङ्घ तथा कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले समेत प्रदेश टिमलाई हौसला तथा प्रोत्साहन दिन महेन्द्रनगरमा शुभकामना कार्यक्रम राखेको थियो।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ