गाउँपालिका भन्दा नगरपालिकामा जनसंख्या वृद्धिदर उच्च

मीरा श्रेष्ठ,

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदन अनुसार नेपालमा गाउँपालिकाको तुलनामा नगरपालिकाको जनसंख्या तिव्र हुँदै गएको बताइएको छ। वि.सं २०६८ देखि वि.सं २०७८ को बिचमा नेपालमा सविकका गाविस र अहिलेका गाउँपालिका बसोबास गर्ने ८२ प्रतिशत जनसंख्या अहिले घटेर ३३.८% मा झरेको र नगरपालिका क्षेत्रमा भने १७.१ प्रतिशत बाट बढेर ६६.२ प्रतिशतमा पुगेको छ।
नगरपालिकामा रहेका जनसंख्या भित्र पनि सानो आकारका नगरपालिकामा बसोबास गर्ने जनसंख्या २६.१ प्रतिशत, मध्यम आकारको नगरपालिकामा बसोबास गर्ने जनसंख्या ५९.४ प्रतिशत रहेको र १४.४ प्रतिशत जनसंख्या महानगरपालिकामा बसोबास गर्ने तथ्यांकले बताएको छ।
सहरकेन्द्रित बसाइ मोहले गर्दा गाउँपालिका क्षेत्रमा जनसंख्या घटेको र नगरपालिकामा भने पुर्वाधार अपुग हुँदै गएको देखाएकाे छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ