मीरा श्रेष्ठ,
नेपालको बहुचर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले एसईई पास भएका एक सय दश (११० जना) विद्यार्थीहरुलाई कक्षा ११ र १२ को अध्ययनको लागि छात्रवृत्ति दिने घोषणा गरेको छ ।
आज बिहान आफ्नो सामाजिक सञ्जालको फेसबुक पेजबाट स्ट्याटस पोष्ट गर्दै रुटिन अफ नेपाल बन्दले ११० जना एसईई पास विद्यार्थीमध्ये ६० जनालाई बसाई र खानाको खर्च तथा कलेज फि गरि पुर्ण छात्रवृत्ति दिने बताएको छ । त्यस्तै, बाँकि ५० जनालाई भने कलेज ट्युसन फि निः शुल्न रहने गरि छात्रवृत्ति दिने भनिएको छ ।
शिक्षा छात्रवृत्ति कार्यक्रम २०८२ नामक परियोजना रहेको सो कार्यक्रमका लागि पेजले हण्ड्रेड ग्रुप, सोवरस् एक्सन नेपाल एण्ड एच के, एनसेल फाउण्डेसन, दारी क्लब युएसए एण्ड क्रियटिङ्ग अपर्ट्युनिटिजसँग सहकार्य गरेको छ ।
छात्रवृत्तिको लागि आवेदन दिन वेबसाईटको लिंक उपलब्ध गराउदै पेजले आवेदनको अन्तिम मिति यहि असार ३० गतेसम्म रहने बताएको छ । त्यस्तै छात्रवृत्ति आवेदकहरुको लागि केहि आवश्यक मापदण्ड समेत तोकिएको छ । जसअन्तर्गत विज्ञान संकायमा अध्ययन गर्न चाहनेहरुलाई २.० ग्रेड आएको हुनपर्ने र व्यवस्थापन संकायका लागि १.६ ग्रेड आएको हुनपर्ने बताईएको छ । सरकारी विद्यालयबाट एसईई पास विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिईने समेत उल्लेख गरिएको छ ।
आवेदनको अन्तिम मिति सकिएसँगै असार ३० गते सोमबार नै प्रवेश परिक्षाको लागि प्रदेशगत रुपमा सेन्टरको विवरण दिईने बताईएको छ । साउन १ गते बिहिबार बिहान ९ बजे प्रवेश परिक्षा सञ्चालन हुने र सोहि दिनको साँझ नतिजा समेत सार्वजनिक गरिने वेबसाईटको कार्यतालिकामा उल्लेख गरिएको छ । छात्रवृत्तिको दाबेदारीको लागि परिक्षार्थीले प्रवेश परिक्षामा कम्तीमा पनि ४०% अनिवार्य ल्याउनपर्ने बताईएको छ भने सोहि अनुरुप साउन २ र ३ गते सर्टलिस्टमा पर्न सफल परिक्षार्थीहरुको अन्तर्वार्ता लिइने र साउन ४ गते छात्रवृत्ति प्राप्त गर्न सफल परिक्षार्थीहरुको नामावली सहित अन्तिम नतिजा प्रकाशन गर्ने उल्लेख छ ।
छात्रवृत्तिबारे विस्तृत जानकारीको लागि https://projectshiksha.hundredgroupnepal.org/?fbclid=IwY2xjawLZgKlleHRuA2FlbQIxMQABHsjxc1-C9Hy49bpBgQmBnRpH0r6pda8QwO8YyKWvd9d4BRhTfRWkXLg_-M9F_aem_ucd99Ou1QMiMdSv8N87bCA मा गएर हेर्न सकिनेछ ।





