पत्रकार महासङ्घ कञ्चनपुर सदस्य धनबहादुर विश्वकर्मा सम्मानित

कञ्चनपुर । पुनर्वास नगरपालिका–६, त्रिभुवनबस्ती स्थित नवज्योति आमा समूह तथा महिला जागरण चौतारीले पत्रकार धनबहादुर विश्वकर्मालाई सम्मान गरेको छ।

समूहले भगवान श्रीकृष्ण जन्माष्टमी तथा हरितालिका तीज विशेष विविध कार्यक्रमको अवसरमा पत्रकार विश्वकर्मालाई नगद ११ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो।

सम्मानपत्रमा उल्लेख भएअनुसार पत्रकार विश्वकर्माले सामाजिक बेथिति विरुद्ध आवाज उठाउँदै जनतालाई सचेत गराउने कार्यमा पुर्‍याएको योगदानलाई कदर गरिएको छ। साथै, आमा समूह र महिला जागरण चौतारीलाई अझ प्रेरणादायी बनाउने र भविष्यमा पनि निष्पक्ष र स्तरीय समाचारमार्फत् सामाजिक गतिविधिलाई प्रवर्द्धन गर्ने अपेक्षा व्यक्त गरिएको छ।

कार्यक्रममा पुनर्वास नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य, वडा अध्यक्ष मित्र सिंह लामा तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो।

पत्रकार महासङ्घ कञ्चनपुर जिल्ला कार्यसमिति सदस्यसमेत रहेका विश्वकर्माले निरन्तर सामुदायिक सरसफाइ, सामाजिक सुधार, स्वास्थ्य र स्थानीय विकासका गतिविधि विषयमा समाचार प्रकाशन गर्दै आएका छन्। पत्रकार बिस्वकर्माले जिल्ला को दक्षिणी क्षेत्रमा रहेर विगत दुई दशकदेखि निरन्तर कलम चलाउदै आएका छन्

पत्रकार धनबहादुर विश्वकर्मा तत्कालीन माओवादी द्वन्द्वकाल (२०५८) देखि पत्रकारिता पेशामा सक्रिय रहँदै आएका छन्। उनले सुदूर सन्देश राष्ट्रिय दैनिक (कैलाली, धनगढी), गोर्खापत्र दैनिक, महेन्द्रनगरबाट प्रकाशित मानसखण्ड दैनिक, सुदूरपश्चिममै पहिलो सामुदायिक एफएम रेडियो घोडाघोडी (अत्तरिया), पुनर्वासबाट प्रकाशित पुनर्वास टाइम्स साप्ताहिक, धनगढीबाट प्रकाशित रैकवार दैनिक, हाल प्रकाशित समता खबर साप्ताहिक तथा धनगढीबाट सञ्चालित नेपाल सन्दर्भमा समाचार प्रमुखका रूपमा निरन्तर योगदान दिँदै आएका छन्।

पत्रकार महासङ्घ कञ्चनपुर जिल्ला कार्यसमिति सदस्यसमेत रहेका विश्वकर्माले विशेष गरी जिल्ला दक्षिणी क्षेत्रमा रहेर विगत दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्। सामुदायिक सरसफाइ, स्वास्थ्य, सामाजिक सुधार र स्थानीय विकाससम्बन्धी विषयलाई निरन्तर समाचारमार्फत् उजागर गर्दै आएका उनी स्थानीय स्तरमा सचेतना जगाउने सशक्त कलमकारका रूपमा परिचित छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ