बेलौरीमा आज साँझ ५ बजे Gen-Z आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली तथा नयाँ युगको स्वागत कार्यक्रम हुँदै

बेलौरी, २८ भदौ । देशभरि भएको Gen-Z आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुको सम्मान र देशले पहिलो महिला प्रधानमन्त्री पाएको ऐतिहासिक अवसरको खुशीयालीमा आज बेलौरीमा एक विशेष कार्यक्रमको आयोजना गरिँदैछ। Gen-Z तथा समर्थकहरुको आयोजनामा आज साँझ ५ बजे बेलौरीको मुख्य चौराहा (Gen-Z चोक) मा श्रद्धाञ्जली तथा बधाई आदानप्रदान कार्यक्रम हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य Gen-Z आन्दोलनका क्रममा देशभरि ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु रहेको छ। यसका साथै, नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री चयन भई देश नयाँ युगमा प्रवेश गरेको अवसरमा शुभकामना तथा बधाई आदानप्रदान गरिनेछ। कार्यक्रममार्फत उक्त आन्दोलनमा सहभागी भई र समर्थन प्रदान गरी सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्ने लक्ष्य पनि राखिएको छ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि आयोजकले Gen-Z उमेर समूहका सबै युवा-युवती का साथै सबै उमेर समूहका युवा युवती महिला दिदीबहिनी, आमाहरु तथा सम्पूर्ण शुभचिन्तकहरुलाई सादर अनुरोध गरेको छ। राष्ट्रिय परिवर्तनको पक्षमा स्थानीय स्तरबाट ऐक्यबद्धता जनाउन र शहीदहरुको बलिदानको सम्मान गर्न आजको कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ