प्रहरीका ६६५ इन्सपेक्टरको सरुवा, बेलौरीमा चौधरी आउँदा चन्द डडेल्धुरा सरुवा।

बेलौरी, असोज २९। नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ६६५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकैपटक सरुवा गरेको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको मंगलबारको निर्णयअनुसार बुधबार सरुवा सूची सार्वजनिक गरिएको हो।

उक्त सरुवाअनुसार इलाका प्रहरी कार्यालय बेलौरीले नयाँ प्रमुख पाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), काठमाडौंको आर्थिक अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक कमल प्रसाद चौधरीलाई बेलौरीको प्रमुखको जिम्मेवारी दिइएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलौरीमा कार्यरत प्रहरी निरीक्षक भास्कर चन्दलाई जिल्ला प्रहरी कार्यालय, डडेल्धुरा सरुवा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ