किराना पसलमा जुवाको खाल: शुक्लाफाँटाबाट १० जना पक्राउ, ६३ हजार बरामद

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा-११ कलुवापुरमा रहेको एक किराना पसलमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति उनीहरुलाई ६३,५०० रुपैयाँ नगद र ४ गड्डी ताससहित नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा किराना पसलमा छापा मारेको थियो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ