बेलौरीबाट १२.६ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक महिला पक्राउ

कञ्चनपुर, ११ कार्तिक । कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागु औषधजस्तो देखिने खैरो पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, कैलाली र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलौरी नगरपालिका–६ बसपार्क क्षेत्रबाट बेलौरी–८ पचुई बस्ने संगिता चौधरीलाई आइतबार कार्तिक १० गते पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले चौधरीलाई शंका लागि जाँच गर्ने क्रममा निजले लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १२.६०० (बाह्र ग्राम छ सय मिलीग्राम) खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार, बरामद गरिएको पदार्थसहित चौधरीलाई नियन्त्रणमा लिई कानुनबमोजिम थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ