कञ्चनपुरको कृष्णपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुर, १५ कार्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२, वाणिस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान बस पल्टिँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, काठमाण्डौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ६१८२ नम्बरको बस आज बिहान अन्दाजी १० बजेको समयमा सडकको बाँया साइडमा पल्टिएको हो।

दुर्घटनामा परी बसमा सवार कृष्णपुर नगरपालिका-१, बण्ड बस्ने अन्दाजी ४२ वर्षीय बल बहादुर बोहरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल वाणि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।बसमा कुल ५ जना सवार रहेको बताइएको छ।

बस चालक कञ्चनपुरको दैजी बस्ने अन्दाजी ४० वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ