रावण वध संगै रामलिला समापन

केशब भट्ट, १ मंसिर, बेलौरी

कंचनपुरको बेलौरीमा कात्तिक २० गतेदेखि सुरु भएको रामलिला मञ्चन रावणको बध र विभीषणको राज्याभिषेक गरेर समापन गरिएको छ।

धर्म संस्कृतिको जगेर्ना गर्न, युवा पीढीलाई अनुशासनको ज्ञान दिन तथा भगवान रामको जीवनलाई नयाँ पीढीमा बाँड्न रामलिला मञ्चन यही कात्तिक २० गतेदेखि बेलौरीको खुला मञ्चमा संचालन गरिएको थियो।

समापन समारोहमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, वडाध्यक्षहरू तथा जनप्रतिनिधि सहित विभिन्न पेसाकर्मीहरू र भक्तजनहरूको भव्य उपस्थिति रहेको आयोजक समितिका अध्यक्ष दिनेश कुँवरले जानकारी दिए।

रामलिलाका लागि ५० जना भन्दा बढी कलाकारले अभिनय गरेको समितिका अध्यक्ष कुँवरले बताए। रामलिलामा प्रत्येक दिन तीन हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ