दसैँको अवसर पारेर सिद्धार्थ हस्पिटालिटीद्वारा आफ्नै मोबाइल एप सार्वजनिक

धनगढी । नेपालीहरूको महान् पर्व विजयादशमीको अवसर पारेर सिद्धार्थ हस्पिटालिटीले आफ्ना सेवाहरूलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यसहित औपचारिक रूपमा मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

हस्पिटालिटी क्षेत्रमा सेवा प्रदान गर्दै आएको यस संस्थाले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न सुरु गरेको हो । सार्वजनिक गरिएको नयाँ एपमार्फत सेवाग्राहीले सिद्धार्थ हस्पिटालिटीका विभिन्न शाखाहरूमा उपलब्ध सेवाहरू घरैमा बसेर मोबाइलबाटै लिन सक्नेछन् । एपको प्रयोग गरी खाना अर्डर गर्न, बास बस्नका लागि कोठा बुकिङ गर्न तथा विभिन्न कार्यक्रमका लागि हल बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।

संस्थाले यस कदमलाई आफ्नो डिजिटल यात्राको एक महत्त्वपूर्ण सुरुवातका रूपमा लिएको जनाएको छ । सेवाग्राहीले एन्ड्रोइडको प्ले स्टोर र आइओएसको एप स्टोर दुवै प्लेटफर्मबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । बडादसैँको शुभकामना आदानप्रदानसँगै सुरु गरिएको यस प्रयासमा ग्राहकहरूको साथ, सुझाव र प्रतिक्रियाको अपेक्षा गरिएको संस्थाले उल्लेख गरेको छ ।

आगामी दिनमा एपमा थप सुविधाहरू विस्तार गर्दै ग्राहकको अनुभवलाई अझ उत्कृष्ट र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ । सुदूरपश्चिम लगायत देशका विभिन्न सहरमा शाखा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीको यो प्रविधिमैत्री कदमले स्थानीय पर्यटन र आतिथ्य क्षेत्रको आधुनिकीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ