कंचनपुर १ ‘ख’ मा कांग्रेसको सय दिने अभियान : नेता बिष्टको सुझाव

केशव भट्ट, ०६ मंसिर, बेलौरी।

नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ ‘ख’ ले सय दिने विशेष अभियान सुरु गरेको छ। बिहीबार बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसको सभाहलमा अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्टले केन्द्रीय सदस्यहरूले आ-आफ्नो क्षेत्रमा संगठन विस्तार गर्न लाग्नुपर्ने सुझाव दिएका छन्। पार्टीभित्र असन्तुष्टि भए पनि पार्टीका जिम्मेवार नेताहरूले आफ्नो क्षेत्रमा काम गर्नुपर्ने नेता बिष्टले बताए।

कांग्रेस पुरानो पार्टी भएकाले नीति-नियमअनुसार चल्नुपर्ने उनले बताए। जिल्लाका कार्यक्रमहरूमा पुराना नेतालाई सम्मान नगरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै नेता बिष्टले कंचनपुर क्षेत्र नम्बर १ लाई सधैं पछाडि पार्ने काम भइरहेको बताए।

कंचनपुर क्षेत्र नम्बर १ का केही नेताहरू नीति-नियमभन्दा पनि अन्य क्षेत्रबाट सञ्चालित भएकोप्रति उनले गुनासो गरे। पार्टीको उम्मेदवारलाई चुनावमा हराउन लागेकाहरू आफूलाई कांग्रेसका रूपमा देखाइरहेको प्रति चिन्ता व्यक्त गरे।

क्षेत्र नम्बर १ मा २०७० सालदेखि ०७४ सालसम्म भएका विकास निर्माणका कामहरूको मूल्यांकन गर्नुपर्ने उनले बताए।

राजनीतिक नियुक्तिको विषयमा समेत कंचनपुर क्षेत्र नम्बर १ लाई समेट्नुपर्ने सुझाव दिएका छन्। आफ्ना सुझाव संकलन गरी केन्द्रबाट कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ