पेशागत महासंघ नेपाल, बेलौरी नगरको लागि जनक भट्टको नेतृत्वमा नयाँ समिति चयन

कञ्चन आवाज संवाददाता, मंसीर ७

पेशागत महासंघ नेपाल, बेलौरीको प्रथम नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ । केन्द्रिय सदस्य जयन्ती पन्तको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा (नेकपा एमाले) केन्द्रिय सल्लाहकार परिषद सदस्य यज्ञ प्रसाद कँडेल, (नेकपा एमाले) कञ्चनपुर जिला सचिव पल्लवराज भट्ट, जिल्ला कमिटी सदस्य एवम् बेलौरी ईन्चार्ज धनेष दत्त पन्त, जिल्ला कमिटी सदस्य तथा बेलौरी नगर उप प्रमुख जोगराम चौधरी, (नेकपा एमाले) जिल्ला कमिटि सचिवालय सदस्य एवम् पेसागत फाँट ईन्चार्ज रामचन्द्र रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर जिल्ला अध्यक्ष वेदप्रसाद उपाध्याय र पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेश महासचिव कमल चन्दको उपस्थिती थियो ।

कार्यक्रमका अन्य अतिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय महाधिवेशन प्रतिनिधि हरि प्रसाद रिजाल, बेलौरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरी, सेवा निवृत्त कर्मचारी संघका केन्द्रिय सदस्य हरि प्रसाद भण्डारी, जिल्ला कोषाध्यक्ष सहविर महतराको समेत उपस्थिती थियो । अधिवेशनको अध्यक्षता पेसागत महासंघ नेपालका जिल्ला अध्यक्ष राजेन्द्र विष्टले गरेका थिए भने कार्यक्रम सञ्चालन नरेन्द्र बहादुर चन्दले गरेका थिए ।

अधिवेशनले सर्वसम्मत रुपमा जनक भट्टको अध्यक्षतामा ११ सदस्यीय नगर समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष नरेन्द्र चन्द र अनिता पाण्डेय (भट्ट), सचिवमा विष्णुप्रसाद तिवारी, सहसचिवमा कर्णबहादुर कुँवर, कोषाध्यक्षमा युवराज अर्याल र सदस्यहरुमा दुर्गा चौधरी, ईश्वरी गुरुङ तथा शिवराज जोशी चयन भएका छन् भने बाँकी दुई सदस्य पछि थप गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ