श्री ज्योती ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनआवाज सम्वाददाता। मंसिर १०, पुनर्वास, कञ्चनपुर।

श्री ज्योति ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार पुनर्वास नगरपालिका वडा नं १० भिमविकास बस्तीको खेलमैदानमा सम्पन्न भएको छ।

सभामा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल केन्द्रिय विद्युत सहकारीका अध्यक्ष गोविन्द प्रसाद भट्ट, पुनर्वास वडा नं १० का वडा अध्यक्ष सुकदेव राना र छाता संगठनका सहसचिव मायाराम शर्मा उपस्थित थिए।

कार्यक्रममा कोषाध्यक्ष भगवती कुमारी खड्काले आर्थिक वर्ष २०८०/८१ को आयव्यय विवरण प्रस्तुत गरेकी थिइन्। विवरण अनुसार सहकारीले २८ लाख ७७ हजार २ सय ७४ रुपैयाँको आय-व्यय गरेको छ।

 

सभामा नियमित विद्युतको महशुल तिर्ने सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको कार्यक्रमको आयोजकले जनाएको छ।सभाले सहकारीको आर्थिक स्थिति, भावी योजना, र रणनीतिबारे छलफल गर्दै महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ