बेलौरी नगरपालिकाले सब-इन्जिनियर र सहायक कम्प्युटर अपरेटर पदका लागि दरखास्त माग्यो

बेलौरी, १४ मङ्सिर।

बेलौरी नगरपालिकाले सब-इन्जिनियर र सहायक कम्प्युटर अपरेटर पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त खुलाएको छ। सह-इन्जिनियरका लागि १ जना र सहायक कम्प्युटर अपरेटरका लागि ७ जना कर्मचारीको माग गरिएको छ। सब-इन्जिनियर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रविणता तह वा सो सरह शिक्षा हासिल गरेका र सहायक कम्प्युटर अपरेटरका लागि एसएलसी/एसईई उत्तीर्ण भई कम्प्युटर सम्बन्धी आधारभूत तालिम प्राप्त आवेदकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

दरखास्त दिन इच्छुकहरूले वि.सं २०८१ मङ्सिर २१ गतेसम्म बेलौरी नगरपालिकाको कार्यालयमा रु. ४०० (सब-इन्जिनियर) वा रु. ३०० (सहायक कम्प्युटर अपरेटर) शुल्कसहित आवेदन दिनुपर्नेछ। आवेदकहरूको छनोट लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट गरिनेछ। सफल उम्मेदवारहरूको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

थप जानकारी र दरखास्त फारमको लागि www.belaurimun.gov.np मा हेर्न सकिनेछ। योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ