गोकुलपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तेस्रो साधारण सभा सम्पन्न

केशव भट्ट, बेलौरी, १५ मंसिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ स्थित गोकुलपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तेस्रो साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रममा समितिका अध्यक्ष राज बहादुर चौधरीले गोकुलपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्तामैत्री बनेर सेवा उपलब्ध गराउँदै आएको बताए।

सभाका प्रमुख अतिथि, संविधान सभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश विधायन समितिका सभापति दिवान सिंह बिष्टले गोकुलपुर बासिन्दालाई स्वच्छ पानी उपलब्ध गराएको भन्दै प्रशंसा गरे। उनले जिल्लाको दक्षिणी क्षेत्रका चार पालिकाका विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेका खानेपानी ट्यांकीहरूबारे जानकारी दिदैं, सबै निर्माणाधीन ट्यांकीहरूको लागि आवश्यक बजेट छुट्याइएको र थप बजेटका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभामा बेलौरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कलबिर चौधरी,श्री महाकाली मा. बि. का सहायक प्रधानाध्यापक सुरेन्द्र सिंह भण्डारी, समाजसेवी राम बहादुर खड्का, अन्य जनप्रतिनिधि, उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ