कांग्रेस नेता कोइराला भोलि सुदूरपश्चिम आउँदै

केशब भट्ट, ०४ पौष, कञ्चनपुर।नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदूरपश्चिम आउने भएका छन्। नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सदस्य तथा तरुण जिल्ला विभाग प्रमुख राम बहादुर खड्काका अनुसार, कोइराला पौष ५ गते शुक्रबार सुदूरपश्चिम आउने कार्यक्रम रहेको छ।

कांग्रेसका केन्द्रीय नेता कोइरालाको स्वागत कार्यक्रमको तयारी भइरहेको खड्काले जानकारी दिए। उनका अनुसार, नेता कोइराला शुक्रबार बिहान १० बजे जहाजमार्फत काठमाडौँबाट धनगढी आउनेछन्।

सुदूरपश्चिम प्रदेश विधायन समिति सभापति तथा कांग्रेस नेता दिवान सिंह बिष्टले नेता कोइरालाको स्वागतका लागि धनगढी विमानस्थलमा नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रह गरेका छन्।

नेता कोइरालाले पौष ६ गते शनिबार नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको सभापति बिष्टले जानकारी गराएका छन्। त्यस्तै, पौष ७ गते आइतबार कोइराला राजधानी फर्किने कार्यक्रम रहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ