रामलीला समिति बेलौरीको आय-व्यय सार्वजनिक

केशव भट्ट, पौष ४, बेलौरी। रामलीला समिति बेलौरीले आय-व्यय सार्वजनिक गरेको छ। समितिले कार्तिक २० गतेदेखि मंसिर २ गतेसम्म बेलौरीको खुला मञ्चमा रामलीला मञ्चन सञ्चालन गरेको थियो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा समितिले आय-व्यय सार्वजनिक गरेको हो। रामलीला समितिका कोषाध्यक्ष महेन्द्र सिंह बुडालले रामलीलामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका हुन्।

रामलीला मञ्चनमा आम्दानीतर्फ १२ लाख ४८ हजार ४१६ रुपैयाँ र खर्चतर्फ ७ लाख ४२ हजार ८३१ रुपैयाँ रहेको, जसबाट बचत ५ लाख १५ हजार ५८५ रुपैयाँ भएको समितिको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ।

पत्रकार सम्मेलनमा रामलीला समिति बेलौरीका अध्यक्ष दिनेश कुँवरले लामो समयपछि बेलौरीमा रामलीला मञ्चन भव्यताका साथ सम्पन्न भएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ