कञ्चनपुरको बेलौरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला हुँदै

कञ्चनपुर, बेलौरी – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २०८१ पौष १० गते बिहान १०:०० बजे कञ्चनपुर जिल्लामा जिल्ला भेला आयोजना गर्ने भएको छ। कार्यक्रम बेलौरी नगरपालिका–४ स्थित बेलौरी उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न हुने जानकारी नगर समिति सभापति विष्णु शर्मा न्यौपानेले गराएका छन्। उनले बताएअनुसार, यो भेला राष्ट्रिय स्वतन्त्र पार्टीको नीति र रणनीति जिल्लास्तरमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

उनका अनुसार, यो भेलामा तहगत वडादेखि नगर निर्वाचन समिति लगायत जिल्ला सम्मका प्रतिबेदनहरूको समीक्षा गरिनेछ। साथै, जिल्ला मातहतका समिति र विभागहरूलाई पूर्णता तथा वैधानिकता प्रदान गरिनेछ।पार्टीको संगठनलाई थप मजबुत बनाउन पार्टी प्रवेश कार्यक्रम पनि समावेश गरिएको छ।

कार्यक्रमका विशेष आकर्षणहरूमध्ये बजार परिक्रमा र केन्द्रीय नेतृत्वको प्रशिक्षण मुख्य रहेका छन्। सभापति न्यौपानेले भने, “यस भेलाले पार्टीका नीति तथा कार्यक्रमहरूलाई सुदूर पश्चिमको स्थानीय तहसम्म पुर्‍याउन ठोस मार्गचित्र तय गर्नेछ। साथै, यो भेलाले पार्टी संगठन विस्तार र जनसमुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।”

उनले सबै नागरिकलाई यस कार्यक्रममा उपस्थित भएर पार्टीका गतिविधिहरूबारे जानकारी लिन र सुझाव दिन आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ