आजदेखि सुदूरपश्चिमी क्षेत्रबाट मौसम बदली भई वर्षा सुरु हुने : उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

मीरा श्रेष्ठ, पौष १२
मौसम पुर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम क्षेत्रबाट आज दिउँसो देखि बादली भई राती कर्णाली र लुम्बिनीका अधिकतम स्थानहरुमा हल्कादेखि मध्यम वर्षा सुरु हुने भएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वमा जलवाष्पयुक्त हावा बहने भएका कारण आज रातीदेखि पश्चिम हुदै भोलिदेखि देशभरका अधिकांश ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।

महाशाखाको विशेष बुलेटिनका अनुसार बागमती र गण्डकीमा भने आज रातीबाट बादल लाग्नेछ । भोलि पुर्वी लुम्बिनीका केहि स्थान र गण्डकी, बागमती, मधेश र कोशीका केहि स्थानमा हल्का वर्षा हुनसक्ने जनाईएको छ । यसरी भोलिदेखि पश्चिमी क्षेत्रबाट पुर्वसम्मै पानी पर्ने तथा उच्च पहाडी र हिमाली भागमा समेत हिमपात पर्ने पुर्वानुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ