बेलौरी काठमाडौँ समाजको अधिवेशनः १२ सदस्यीय नयाँ कार्यससमिती गठन

मीरा श्रेष्ठ, मंसीर १५

बेलौरी काठमाडौँ समाजको अधिवेशन सोमबार काठमाडौँमा सम्पन्न गरिएको छ । अधिवेशनले १२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्ष ज्ञानेन्द्र जोशी, उपाध्यक्ष लक्ष्मी पाण्डेय, सचिव अनुपमा महतरा, सह–सचिव दिनेश साउँद, कोषाध्यक्ष दिव्या रावल र सदस्यमा क्रमशः दिपेन्द्र विष्ट, लक्ष्मण दियाल, हरिष पन्त, उशा खरेल, दिपक चन्द, विवेक विष्ट र दिपक खड्का रहेका छन् ।


निवर्तमान अध्यक्ष सन्देश भण्डारीको सभाध्यक्षमा सम्पन्न सो अधिवेशनले हालका दिनसम्म आउँदा उल्लेखनीय सामाजिक कार्य गरेकोमा समाजमा राम्रो छवि पस्कन सफल भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ