देशभरका किशोरीहरुका लागि पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुदै

मीरा श्रेष्ठ, माघ ८
बेलौरी, कञ्चनपुर


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका किशोरीहरुका लागि पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान यहि माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर सुरु गर्दै छ । फागुन ६ गतेसम्म सञ्चालन हुने यस १५ दिने अभियानमा प्रत्येक विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत किशोरीहरुलाई एच्.पी.भी. नामक पाठेघरको मुख क्यान्सर विरुद्धको खोप लगाईनेछ । साथै, विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका सम्पूर्ण किशोरीहरुलाई समेत देशका विभिन्न स्वास्थ्य केन्द्रहरुबाट खोप प्रदान गरिने छ ।

बेलौरीका सन्दर्भमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर विष्टले सम्पूर्ण किशोरी, अभिभावक तथा आम सर्वसाधारणले यसबारेमा चासो राख्न गर्न अनुरोध गर्दै बेलौरीमा यो अभियान के–कसरी सञ्चालन हुनेछ भन्ने सम्बन्धमा पालीकाद्धारा छिट्टै स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुबीच अन्तर्क्रिया कार्यक्रम राखिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ