केशब भट्ट, ०८ माघ, बेलौरी। जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरिएको छ। मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ९ कार्यालयले वडाभित्रका चारवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।
बेलौरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किसान सिङ रानाका अनुसार त्रिभुवन मावि रतनपुर, गोरखनाथ मावि कुण्डा, शुक्लाफाटा आवि अण्डैया र सिद्धकेदार आवि खजुवाबस्तीमा अध्ययनरत १ सय २ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।
कपडा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश मामिला तथा बिधायन समिती सभापति दिवान सिंह बिष्टले वडाको प्रयासले विद्यार्थीहरूको शिक्षामा अपनत्वको भावना जागृत गरेको बताए।
सामुदायिक विद्यालयका अवस्था कमजोर हुँदै गएकाले सुधारका लागी प्रदेश स्तरमा प्रयास गर्ने सभापति बिष्टले बताए। स्थानीय सरकारले यस किसिमका सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा बिष्टको जोड थियो।

कार्यक्रममा बेलौरी नगर उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरी, शिक्षा शाखा नि.प्रमुख अमित भट्ट, नेपाली काङ्ग्रेस कंचनपुर क्षेत्र नम्बर १ ख प्रदेश सचिव दिनेश कुवँर, वडा सदस्य, विद्यालयका शिक्षक प्रतिनिधि एवम् विद्यार्थिहरुको उपस्थिति रहेको थियो।







