बेलौरीमा सब-इन्जिनियर पदको अन्तिम नतिजा प्रकाशन, पारदर्शी ढंगले परिक्षा संचालन गरिएको नगरको दावी

केशब भट्ट, १० माघ, बेलौरी। कंचनपुरको बेलौरी नगरपालिकाले सब-इन्जिनियर पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाका अनुसार परीक्षा प्रक्रिया पूर्णरूपमा पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गरिएको छ। मंसिर ८ गते नगरले १ जना सब-इन्जिनियर र ७ जना कम्प्युटर अपरेटर पदको बिज्ञापन खोलेको थियो।

त्यसमध्ये सब-इन्जिनियर पदका लागि कुल १३ जनाले आवेदन दिएका थिए। लिखित परीक्षा बिहीवार सम्पन्न गरिएकोमा ८ जना परीक्षार्थी सहभागी भएका थिए। परीक्षा समितिका संयोजक झपी राज ओझाका अनुसार सम्पूर्ण परीक्षा प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गरिएको छ। “हामीले पारदर्शितामा कुनै सम्झौता गरेका छैनौं। नतिजा पूर्ण रूपमा योग्यतामा आधारित छ,”।

बिहीवार नै प्रकाशित नतिजा अनुसार सफल उम्मेदवारको नाम सार्वजनिक गरिएको ओझाले बताए। सब-इन्जिनियर पदमा बेलौरीका सरोज बिष्ट उतिर्ण भएका छन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ