मीरा श्रेष्ठ
बेलौरी, कञ्चनपुर
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रको अनुसार आज अर्थात् माघ ११ गते बाट १५ गतेसम्म निश्चित समयावधिका लागि विद्युत आपूर्ति बन्द रहने बताईएको छ । हिजो एक सूचना जारी गर्दै बेलौरी प्राधिकरणले गर्मीयाम र हावाहुरीको समयमा हुने अनियमित विद्युत र न्युन भोल्टेज सुधार गर्न नेपाल विद्युत प्राधिकरण सुदुरपश्चिम कार्यालय, अत्तरियाबाट आवहान गरिए अनुसार लालपुर सब–स्टेशन देखि कलुवापुर सब–स्टेशनसम्म ३३ के.भि. कण्डक्टर अपग्रेड कार्यको लागि विद्युत आपूर्ति केहि समयका लागि बन्द रहने बताईएको हो ।

मौसम अनुकुल रहे बेलौरी वितरण केन्द्रबाट आपूर्ति हुने पालीकाहरु पुर्नवास नगरपालीका, बेलौरी नगरपालीका, लालझाडी गाउँपालीका र बेलडाँडी गाउँपालीकामा विद्युत आपूर्ति बन्द रहने छ । सुचना जारी गरिएअनुसार क्रमशः माघ ११ र १२ गते बिहान ९ बजेदेखि ५ बजेसम्म, १३ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म, १४ गते बिहान ९ बजेदेखि ५ बजेसम्म र १५ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ ।
यद्यपि शुक्रबार ९ बजेदेखि विद्युत आपूर्ति सेवा बन्द रहने भनिएतापनि यो समाचार तयार पार्दै गरेको अवस्थासम्म विद्युत आपूर्ति किन बन्द गरिएन भन्ने सन्दर्भमा बेलौरी विद्युत प्राधिकरणका प्राविधिक प्रमुख हिरा चन्दका अनुसार अत्तरिया देखि सम्पूर्ण काम हुने भएका कारण आज पहिलो दिन भएकाले केहि ढिलो हुनपुगेको अनुमान गर्दै सम्पुर्ण सेवाग्राहीलाई बेलौरी वितरण केन्द्रले अत्तरितायाबाट प्राप्त सुचना सम्प्रेषण मात्रै गरेको र अत्तरियाबाटै सम्पुर्ण काम हुने कुरामा स्पष्ट रहन अनुरोध गर्नुभयो ।





