बेलौरी नगरपालिका वडा नं १० मा पहिलो महिला भलमन्सा: मोहनी चौधरी चयन

बेलौरी, माघ १२। 

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं १० को बाराजला टोलमा माघ २ गते आयोजित बैठकबाट कुनै निष्कर्ष निस्कन नसकेको अवस्थापछि, माघ १२ गते पुनः आयोजित बैठकले मोहनी चौधरीलाई सर्वसम्मत रूपमा भलमन्सा चयन गरेको छ। मोहनी चौधरी बेलौरी नगरपालिका वडा नं १० र बाराजला टोलको इतिहासमा भलमन्सा पदमा चयन हुने पहिलो महिला भएकी छिन्।

यो निर्णय वडा अध्यक्ष सोमलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको बैठकबाट लिइएको हो। विशिष्ट अतिथिका रूपमा रोसन लाल चौधरी र कर्म चौधरीको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिकहरू हरि प्रसाद चौधरी र भेलु चौधरीको पनि सहभागिता थियो।

मोहनी चौधरीको भलमन्सा पदमा चयनले बाराजला टोलमा महिलाहरूको नेतृत्व क्षमतालाई स्थापित गर्दै लैंगिक समानताको दिशामा नयाँ मार्गप्रशस्त गरेको वडा अध्यक्ष सोमलाल चौधरीले बताए। यो कदमले महिलाहरूको सहभागिता र सामुदायिक नेतृत्वमा नयाँ प्रेरणा दिने विश्वास गरिएको छ।

सामुदायिक निर्णय प्रक्रियामा महिलाको नेतृत्वले केवल लैंगिक समानतालाई प्रवर्द्धन गर्ने होइन, टोलको समग्र विकास र सामाजिक संरचनालाई बलियो बनाउने अपेक्षा गरिएको छ। मोहनी चौधरीको चयनले टोलका महिला र युवा पुस्तालाई पनि नेतृत्वमा सहभागी हुन हौसला प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ