बेलाैरी, १५ माघ। शहीद दिवसको अवसरमा एनप्याब्सन जिल्ला कार्यसमितिको आयोजनामा १६ गतेदेखि दुई दिनसम्म चल्ने जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ। प्रतियोगितामा छात्र-छात्राहरूको सक्रिय सहभागिता रहनेछ।
प्रतियोगिता एकल इभेन्ट मा आधारित हुनेछ, जसमा माध्यमिक तह (कक्षा ९-१०) का लागि प्रवेश शुल्क २५००, उच्च माध्यमिक तह (कक्षा ११-१२) का लागि ३०००, र आधारभुत तह (कक्षा ६-८) का लागि २००० तोकिएको छ। प्रत्येक विद्यालयले एक इभेन्टका लागि छात्र र छात्रा तर्फ एक एक टिम सहभागी गराउन सक्नेछन्।
प्रतियोगितामा विजेताहरूलाई ट्रफी र मेडल प्रदान गरिनेछ। प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई पुरस्कार वितरण गरिनेछ। नकआउट पद्धतिमा सञ्चालन हुने प्रतियोगितामा करिब ५०-६० टिम सहभागी हुने अनुमान गरिएको छ।
कार्यक्रमको संयोजन एनप्याब्सन जिल्ला कार्यसमिति र उग्रतारा बाल विद्यालयका प्रधानाध्यापक केशव विष्टको नेतृत्वमा हुनेछ। प्रधानाध्यापक विष्टले यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदको महत्व बुझाउन र उनीहरूको मानसिक तथा शारीरिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
प्रतियोगिता उग्रतारा ब्याडमिन्टन हल शान्तीपुर बेलौरीमा हुने आयोजकले जानकारी दिएको छ।





