शान्ति मावि बेलौरीको ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहका साथ सम्पन्न

केशव भट्ट,१९ माघ, बेलौरी। बेलौरी नगरपालिका-४, शान्तिपुरस्थित शान्ति माध्यमिक विद्यालयले आफ्नो ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक यात्रालाई सम्मान गर्दै आयोजित कार्यक्रममा स्थानीय नेतृत्व, शिक्षक, अभिभावक, र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले विद्यालयको निरन्तर प्रगतिप्रति प्रसंसा व्यक्त गर्दै थप सफलताको शुभकामना दिए। उनले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको उपलब्धि र भावी योजनाहरूबारे जानकारी गराए।

कार्यक्रमको विशेष आकर्षण उत्कृष्ट विद्यार्थीहरूको सम्मान थियो। विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै शिक्षाको गुणस्तर वृद्धिका लागि थप योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गर्यो।

कार्यक्रम सञ्चालन शिक्षक द्वय सीपी पोखरेल र गोकर्ण प्रसाद काफ्लेले गरेका थिए। स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, र अभिभावकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ