केशब भट्ट, २७ माघ, बेलौरी। कञ्चनपुरको बेलौरीमा बसको ठक्करबाट दुई वर्षीय नाबालकको मृत्यु भएको छ। आइतबार बेलौरी नगरपालिका–८, कलकत्ता स्थित ज्ञान साधना बोर्डिङ स्कुलले सञ्चालन गर्दै आएको सुपप्र ०१००१ ख ३६१० नम्बरको बसको ठक्करले बेलडाँडी गाउँपालिका–३, खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन्।
प्रहरी नायब उपरीक्षक जोशीका अनुसार बस प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक, बेलौरी–८ निवासी राम कुमार राना फरार रहेका छन्। पीडित पक्ष र विद्यालयबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।





