बेलौरीमा आपराधिक गतिविधि सक्रिय, प्रहरी के भन्छ?

केशव भट्ट ,०५ फागुन, बेलौरी। कञ्चनपुरको बेलौरी क्षेत्रमा पछिल्लो समय विभिन्न आपराधिक गतिविधिहरू बढ्दै गएका छन्। हत्या, मोटरसाइकल तथा साइकल चोरी, गुण्डागर्दी, लागू औषध दुरुपयोग जस्ता अपराधहरू वृद्धि भएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख, प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार, अपराध नियन्त्रणका लागि प्रहरी तैनाथी बढाइएको छ। चोरीका घटनाहरूलाई न्यून गर्न विशेष गस्ती टोली परिचालन गरिएको छ भने लागू औषध कारोबारमा संलग्नलाई कारबाही गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक चन्दले भने, “हामीले सुरक्षा व्यवस्था कडा पार्दै चोरीका घटनामा कमी ल्याएका छौँ। लागू औषध नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेका छौँ। आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न समुदायसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ।”

स्थानीय बासिन्दाहरूले बेलौरी क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा पार्नुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार, रातिको समयमा प्रहरी गस्ती प्रभावकारी बनाउन आवश्यक छ।

प्रहरी प्रशासनले जनसहभागिता, सिसिटिभी जडान तथा अपराध रोकथामका लागि कडा कदम चाल्ने जनाएको छ। बेलौरीवासीले सुरक्षाका लागि प्रहरीको कदमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् तर अझ प्रभावकारी रणनीति आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ