शिक्षक महासंघले बेलौरी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझायो

बेलौरी, कञ्चनपुर, ०६ फागुन – शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन गर्दै तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले नेपाल शिक्षक महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रमअन्तर्गत बेलौरी नगरपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाइएको छ। यसबारे जानकारी शिक्षक संघ बेलौरी नगर सभापति सुरेन्द्र राज बोहराले दिएका छन्।

राष्ट्रिय आन्दोलनका कार्यक्रमअनुसार महासंघको नगर कार्यसमितिले कालोपट्टि बाँधी खबरदारी जुलुससहित बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।शिक्षक महासंघ बेलौरी समितिका अध्यक्ष प्रेम प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शिक्षक तथा विद्यालय कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै महासंघले आगामी दिनमा पनि संघर्षका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ