बाँकेमा बिवाहको दिन बेहुलाको घर भित्रिएपछी बेहुली फरार, कञ्चनपुरमा बेपत्ता बेहुला अझै भेटीएनन्

पवन जोशी, कञ्चनपुर, १२ फागुन।  बाँकेमा विवाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ। कैलालीको टिकापुर नगरपालिका–७, सतिगाँउ घर भएकी बेहुली, विवाहकै दिन बेहुलाको घर भित्रिएपछि फरार भएको कुरा बेहुलीका बुवा बिरेन्द्र गम्वाले जानकारी दिएका छन्।

बेहुली बनेकी सम्मी चौधरीको फाल्गुन १० गते, बाँकेको बैजनाथ गाउँपालीका–८, शक्तिनगरका बनिलाल गम्वासँग विवाह तय भएको थियो। विवाह हुनु भन्दा ३ दिन अघि, फाल्गुन ७ गते नै, बेहुलाको घर पुगेकी चौधरीले फाल्गुन १० गते विवाह गरेर सोही रात फरार भएको कुरा बताए।सोही दिन गम्वा परिवारमा अर्को विवाह पनि भएको थियो। बिहेको रात, बेहुली फरार भएपछि इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिइएको थियो, भनी उहाँले बताउनुभयो।

यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालीका–४, पर्सियामा बेहुला बेपत्ता भएपछि विवाह स्थगित भएको छ। फागुन ४ गते तय गरिएको विवाहका लागि दीपकराज रानाको बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो। रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो।विवाहका सबै तयारीसहित, निम्तो समेत बाँडेर कैलालीको धनगढीबाट बेहुलासँग सम्पर्क विहीन भएको दुलहाका दाजु लोकराज रानाले जानकारी दिए।

Oplus_131072

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ