महाकाली बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव सम्पन्न

बेलौरी, कञ्चनपुर –  महाकाली बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। समारोहको प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी रहेका थिए भने कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पल्लब राज भट्टले गरेका थिए।

विशिष्ट अतिथिहरूका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री कुलवीर चौधरी, महाकाली बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रेम सिंह बोहरा, पूर्व क्याम्पस प्रमुख हर्कसिंह कुँवर, पूर्व सञ्चालक समिति अध्यक्ष धनेश दत्त पन्त, महाकाली माविका पूर्व प्राचार्य केशव जोशी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोतिलाल चौधरीले क्याम्पसले स्थानीय स्तरमा उच्च शिक्षालाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए।

स्वागत मन्तव्य क्याम्पसका सहायक क्याम्पस प्रमुख गंगाप्रसाद रिजालले दिएका थिए भने कार्यक्रमको सहजीकरण उपप्राध्यापक द्वय चन्द्रप्रसाद पोखरेल र दिपेन्द्रप्रसाद उपाध्यायले गरेका थिए।

कार्यक्रमलाई अझ जीवन्त बनाउन विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ