केशब भट्ट, २८ फागुन, बेलौरी। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता भएसङ्गै बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा समेत उम्मेदवारी दर्ता भएको छ।
चैत ५ मा हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो। उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको थियो। बेलौरी नगरपालिका स्थित २ वटा क्याम्पसमा महाकाली बहुमुखी क्याम्पसमा मात्र मनोनयन दर्ता भएको छ।

रामपुर बहुमुखी क्याम्पसमा भने मनोनयन दर्ता भएको छैन। बिद्यार्थी संख्या थोरै भएकाले नेविसंघले निर्वाचन गर्न नहुने भन्दै तालबन्दी गरेको छ।

महाकाली बहुमुखी क्याम्पसमा मनोनयन दर्ता सुचि दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ। फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।





