मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
किसान बहुउद्देश्यीय सहकारी बेलौरी शाखाले आज सेयर सदस्य मिना देवि घिमिरेको श्रीमानको निधनमा सदस्य सुरक्षण योजना अन्तर्गत रु.दुई लाख अठ्तीस हजार पाँच सय उनान्नब्बे रकम उल्लेखित चेक हस्तान्तरण गरेको छ ।

संस्थाले सदस्य तथा सदस्यको परिवारको मृत्युपश्चात् श्रद्धाञ्जली सभाको आयोजना गर्ने व्यवस्था रहि आएकोमा आज बिहान बेलौरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरीको प्रमुख आतिथ्यतामा सो चेक उपलब्ध गराएको हो ।

वडा अध्यक्ष चौधरीले संस्थाको यस किसिमको कार्यप्रति प्रशंसा गर्दै वडा तथा नगरपालिकाबाट पनि मृतकको निधन हुनु अघि उपचारको क्रममा सहयोग उपलब्ध भएको बताए ।

अतिथिको रुपमा बेलौरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा समाजसेवी विजयालक्ष्मी श्रेष्ठले संस्थाको सो कार्य उल्लेखनीय लागेको यद्यपि सेयर सदस्यहरुलाई संकटको स्थितीमा दिईने कर्जा सुविधा पनि मैत्रिपुर्ण हुने गरेको छ भन्ने अपेक्षा रहेको बताईन् ।

त्यसैगरी शाखा प्रमुख विरेन्द्र प्रसाद जैशीले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै सेयर सदस्यले जति पनि कर्जा लिएको थियो, त्यो संस्थाको नियमअनुसार मिनाहा भएको र कर्जा बराबरको रकम सुविधा तथा सेयर सदस्यको परिवारको मृत्यु भएको खण्डमा दिईने रु. आठ हजार गरि जम्मा दुई लाख अठ्तीस हजार पाँच सय उनान्नब्बे रकम बराबरको चेक हस्तान्तरण गरिएको प्रष्ट्याए ।

सेयर सदस्य मिना देवि घिमिरेका स्वर्गीय श्रीमान लोक बहादुर घिमिरे लामो समयदेखि मुखको क्यान्सर रोग बाट पीडित थिए ।

श्रद्धाञ्जली सभा पश्चात् संस्थाले जलवायु परिवर्तनमा सानो कोशिश भएतापनि टेवा पु¥याउने उद्धेश्यले मृतकको सम्झनामा कम्तीमा १ ओटा बिरुवा रोप्ने नियम समेत रहि आएको छ ।
थप तस्बिरहरु :









