बेलौरी नगरपालिकामा आधारभुत तह कक्षा ८ तथा सामुदायिक तर्फ कक्षा ४-९ को अन्तिम परिक्षा आजबाट सुरु

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

बेलौरी नगरपालिकामा आधारभुत तह कक्षा ८ को शैक्षिक वर्ष २०८१ का लागि अन्तिम परिक्षा आजबाट सुरु भएको छ ।


बेलौरी नगरपालिका शिक्षा शाखाको अनुसार कक्षा ८ को परिक्षाका लागि पाँच ओटा परिक्षा केन्द्र तोकिएका छन् । जसमा जनज्योति माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय, शान्ति माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय रहेका छन् । सो परिक्षा केन्द्रहरुमा बेलौरी नगरपालिकाभित्रका ३४ विद्यालयबाट विद्यार्थीहरु परिक्षामा सहभागी भएका छन् ।


त्यसैगरी सामुदायिक तर्फ कक्षा ४ देखि ९ सम्मका परिक्षा समेत आज बाटै सुरु भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ