मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएसँगै बेलौरी नगरपालिका वडा नं ८ मा स्थित रामपुर बहुमुखी क्याम्पस तथा महाकाली बहुमुखी क्याम्पस दुवैमा अखिल क्रान्तिकारीको प्यानलले जित हासील गरेको छ ।

रामपुर बहुमुखी क्याम्पसका लागि सभापति पदका लागि रविना रानाले कुल १३ मतमा ८ मत प्राप्त गरेकि छिन् भने महाकाली बहुमुखी क्याम्पसबाट दीपक चौधरीले सभापति पदको दाबेदारीमा जित हासील गरेका छन् ।






