देशभर माध्यमिक शिक्षा (SEE) कक्षा १० को परीक्षा आजबाट सुरु

मीरा श्रेष्ठ,

आजबाट देशभर माध्यमिक शिक्षा (SEE) परिक्षा सुरु भएको छ । यो सँगै राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी, भक्तपुरको अनुसार यसपाली कक्षा १० को परिक्षा दिने विद्यालयहरु सामुदायिक र संस्थागत गरि कुल ११,२१६ रहेका छन् जसबाट ५,१४,०७१ विद्यार्थीहरु परिक्षामा सहभागी हुदैछन् ।


माध्यमिक शिक्षा २०७८ को पाठ्यक्रम अनुसार सञ्चालन हुने परिक्षालाई मर्यादित, अनुशासित, व्यवस्थित र शान्तपूर्ण वातावरण बनाउनको लागि राष्ट्रिय परिक्षा बोर्डले संघ, प्रदेश, स्थानीय सरकार तथा सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुमा अपिल समेत गरेको छ ।


यससँगै राष्ट्रिय परिक्षा बोर्ड अन्र्तगत परिक्षा नियन्त्रण कार्यालयले शिक्षा विकास तथा समन्वय इकाईहरुमा कक्षा १० को परिक्षार्थीले परिक्षाको दौरान साधारण क्याल्कुलेटर मात्र प्रयोग गर्न दिनको लागि निर्देशन समेत जारी गरेको छ । स्मार्ट घडी तथा साईन्टिफिक क्याल्कुलेटरलाई पूर्ण रुपमा निषेधित गरिएको व्यहोरा जानकारी गराउदै कथनकदाचित साइन्टिफिक क्याल्कुलेटरको प्रयोग गर्नुपर्ने स्थितिको सन्दर्भमा भने सो क्याल्कुलेटरमा सञ्चित सम्पूर्ण डाटा हटाएर मात्र परिक्षार्थीलाई प्रयोग गर्न दिनुपर्ने बताईएको छ ।


यसै सन्दर्भमा शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले एसइइ २०८१ मा ग्रेडवृद्धि समुहबाट सहभागी हुने परिक्षार्थीहरुको परिक्षाबारे एक सुचना प्रकाशित गर्दै शैक्षिक वर्ष २०८० को रजिष्टे«शन नम्बर भई नयाँ कोर्ष (७०० पुर्णाङ्क) पढेका ग्रेडवृद्धिका परिक्षार्थीहरुको केन्द्र सोहि विद्यालयका नियमित समुहका परिक्षार्थीहरुसँगै रहने जानकारी दिएको छ ।


त्यस्तै शैक्षिक वर्ष २०७८÷०७९ को रजिष्टे«शन नम्बर भई पुरानो कोर्ष (८०० पुर्णाङ्क) पढेका ग्रेडवृद्धि समुहका परिक्षार्थीहरुको परिक्षा केन्द्र श्री शान्ति निकेतन माध्यकि विद्यालय, भीमदत्त नगरपालिका–६, ऐठपुरमा हुने बताएको छ । एसइइ २०८१ मा प्राविधिक धारबाट सहभागी हुने सम्पुर्ण नियमित तथा ग्रेडवृद्धि परिक्षार्थीहरुको परिक्षा केन्द्रका लागि भने श्री महेन्द्रनगर माध्यमिक विद्यालय, भीमदत्त नगरपालिका–१८, कटान (राधेराधे टोल) तोकिएको जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ