बेलौरी नगरपालिका पशु सेवा शाखाद्वारा सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रम: खेतबारीमा कुकुरको आतङ्क भए जानकारी गराउन अनुरोध

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

बेलौरी नगरपालिका पशु सेवा शाखाले चैत्र ७ र ८ गते प्राणघातक रोग रेविज नियन्त्रणका लागि सामुदायिक (बेवारिसे) कुकुरहरूको निःशुल्क २ दिने कुकुर बन्ध्याकरण शिविर कार्यक्रम थालनी गरेको छ।

सिटी भेट क्लिनिक धनगढी सँगको सहकार्यमा पशु सेवा शाखाले सो कार्यक्रम आजबाट सुरु गरेको हो।

 

टेन्डर आव्हान अनुसार छनौटमा परेको सिटी भेट क्लिनिक धनगढीका सञ्चालक माधव प्रसाद जोशीले पशुसेवा शाखाबाट निर्देशन भए अनुसार बेलौरी नगरपालिकाका १० वटै वडाहरूमा उनीहरूको विशेषज्ञ टोली पुग्ने बताएका छन्। यद्यपि बजार क्षेत्रहरूमा सामुदायिक कुकुरहरूको बढि अनुपात रहने हुदा बजार क्षेत्रलाई विशेष जोड दिईने उनको भनाइ छ।

बेलौरी नगरपालिका पशु सेवा शाखाका प्रमुख कुलोमणि भट्टका अनुसार खेतीपाती तथा वनजङ्गलले घेरिएको बेलौरी नगरपालिका बफर जोनको रूपमा रहेको हुदा विशेषगरि सामुदायिक कुकुरहरू जङ्गली जनावरसँग सम्पर्कमा आउने र त्यसले समुदायमा रेविज जस्तो प्राणघातक रोग निम्त्याउने जोखिम भएकोले सो कार्यक्रम सञ्चालन गरिएको हो ।

“यदि खेतबारीमा सामुदायिक कुकुरहरूको बिघबिघि छ भने किसानहरूलाई पशुसेवा शाखामा आएर अथवा फोन गरेर जानकारी गराउन अनुरोध गर्छौं,” शाखा प्रमुख कुलोमणि भट्टको अनुरोध थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ