कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको मृत्यु प्रकरण: एमाले नेता पक्राउ

केशव भट्ट,चैत्र ०७। कञ्चनपुरको लालझाडी गाउँपालिका-४ पर्सियामा ७ फागुनमा विद्युतीय धरापमा परेर जंगली हात्तीको मृत्यु भएको घटनामा नेकपा एमाले लालझाडीका अध्यक्ष ओमप्रकाश राना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय कञ्चनपुरले प्रारम्भिक अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धान अनुसार, रानाकै खेतमा मृत अवस्थामा भेटिएको जंगली हात्तीको शवमा विद्युतीय तारको धराप रहेको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले पनि करेन्ट लागेर हात्ती मरेको देखाएको छ।

रानाले प्रारम्भिक बयानमा खेतमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार जडान गरेको स्वीकार गरेका छन्। अनुसन्धानका लागि जिल्ला अदालतबाट उनको हिरासत अवधि ८ दिनका लागि थप गरिएको छ।

नेपालको निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार, वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्षसम्म कैद वा ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

लालझाडी क्षेत्रमा जंगली हात्तीको आतंकले स्थानीयलाई ठूलो समस्या बनाएको छ। हात्तीले मानिसमाथि आक्रमण गर्नुका साथै खेतीबाली तथा भौतिक संरचनामा पनि क्षति पुर्याउने घटना दोहोरिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ