नेपाल शिक्षक संघ, बेलौरी नगर समितिको छैठौं प्रतिनिधि सभा सम्पन्न।।

चैत ०९, बेलौरी। नेपाल शिक्षक संघ बेलौरी नगर समितिको छैठौं प्रतिनिधि सभा सम्पन्न भएको छ। शनिबार बेलौरी-८ कलकत्ता स्थित जन ज्योति माविको सभाहलमा नेपाल शिक्षक संघ बेलौरी नगर समिति सभापति सुरेन्द्रराज बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक तथा संगठनात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरिँदै अनुमोदन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्रसिंह भण्डारी, विशिष्ट अतिथिमा संघीय प्रतिनिधि टेकराज अवस्थी, शिक्षक महासंघ बेलौरी नगर सचिव टेकसिंह बिष्ट, महिला शिक्षक समाज कञ्चनपुरकी अध्यक्ष मिना कुवर रहेका थिए।

छैठौं प्रतिनिधि सभामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई बेलौरी नगर समितिले धन्यवाद ज्ञापन गरेको  थियो। सभामा शिक्षक संघमा आबद्ध विशिष्ट कर्मठ सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ