कञ्चनपुर : ठूलो परिमाणको लागुऔषधसहित १ जना सशस्त्रको नियन्त्रणमा।

केशब भट्ट, चैत १५, बेलौरी। कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बिहीबार जिल्लाको दक्षिणी क्षेत्र बेलौरीबाट सशस्त्र प्रहरीले ५३.९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलौरी–६, हात्तिबोझा बस्ने २३ वर्षीय रोहित पन्त रहेका छन्।

पन्तलाई बेलौरी–६, बैशाखा सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरीबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले जानकारी दिए।

पन्तको साथबाट झोलाभित्र ज्याकेटको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन, रेड्मी मोबाइल १ थान, नगद नेपाली रुपैयाँ २,९४० र भारतीय रुपैयाँ ८१० फेला परेको तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको उपरीक्षक भट्टले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ