कञ्चन आवाज संवाददाता,
काठमाडौँ,
काठमाडौँमा आज राजावादी प्रदर्शनकारीहरुले काठमाडौँको तीनकुुने स्थित एक निजी घरमा आगो लगाएकोमा उक्त घरबाट प्रदर्शनको छायाँकन गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

काठमाडौँमा प्रदर्शन भएको उक्त आन्दोलनमा दुर्गा प्रसाईको उपस्थिति भएसँगै भीड उग्र भएको थियो । प्रसाई आफैले चलाएको उक्त गाडीले सुरक्षाकर्मीको घेरालाई जर्बजस्ति नाघेर अघि बढेको थियो । आगो नियन्त्रणको लागि गएको दमकललाई समेत प्र्रदर्शनकारीहरुले रोकेका थिए ।

रजकको मृत्युसँगै पत्रकारिता जगतमा अहिले सन्नाटा छाएको स्थिति छ । मृत सहकर्मी रजकलाई हार्दीक समवेदना ।
सँगै एक प्रदर्शनकारीको समेत ज्यान गएको छ ।





