सुरज श्रेष्ठ, चैत २१। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बेलौरी शाखाले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बेलौरी नगरपालिका–६, रिछाहा स्थित कृष्ण आधारभूत विद्यालयमा एक कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूलाई कापी र कलम वितरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित यस कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई पठन–पाठनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेशनरी सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख केशव भट्ट, विद्यालयका प्रधानाध्यापक रामदास राना, बेलौरी नगरपालिकाका सब-इन्जिनियर हृदयराज बजगाईं, कम्पनीकी MDRT सदस्य मिना बिष्ट, बिजनेस म्यानेजर रामचन्द्र काफ्ले, विद्यालय व्यवस्थापन समिति सदस्य, बिमा अभिकर्ता, अभिभावकगण तथा विभिन्न तहका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सब-इन्जिनियर हृदयराज बजगाईंले भने:
“बीमा केवल कुनै दुर्घटनामा राहत दिने माध्यम मात्र होइन, यो व्यक्ति र परिवारको सम्पूर्ण भविष्यलाई सुरक्षित गर्ने महत्वपूर्ण उपकरण हो। “
त्यस्तै, कम्पनीकी MDRT सदस्य मिना बिष्टले भनिन्:
“बीमा केवल दुर्घटनाको सुरक्षा होइन, भविष्यप्रतिको ग्यारेन्टी पनि हो”
शाखा प्रमुख केशव भट्टले कार्यक्रममा शिक्षा र समाजप्रतिको समर्पणको सन्देश दिँदै भने—
“हामी सेवासँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने संकल्पमा छौँ। विद्यार्थीहरूलाई पठन सामग्री प्रदान गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।”
विद्यालयका प्रधानाध्यापक रामदास रानाले कम्पनीप्रति आभार व्यक्त गर्दै भने—
“शिक्षाको क्षेत्रमा निजी क्षेत्रबाट यस्ता सहयोगी कार्यक्रमहरूले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा भर्ने काम गर्छन्। हामी एशियन लाइफ इन्स्योरेन्स परिवारप्रति आभारी छौँ।”

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले बीमा, शिक्षा र सामाजिक उत्तरदायित्वबीचको गहिरो सम्बन्धलाई नजिकबाट महसुस गर्ने अवसर प्राप्त गरेका थिए।








