युवा नेता गोपी प्रसाद उपाध्यायद्वारा भलिबल खेलप्रेमीहरूलाई खेल सामग्री हस्तान्तरण

चैत्र २२, बेलौरी।  समाजसेवा र खेलप्रति समर्पित युवा नेता गोपी प्रसाद उपाध्यायले भलिबल खेललाई निरन्तरता दिने उद्देश्यले स्थानीय खेलप्रेमीहरूलाई भलिबल हस्तान्तरण गरेका छन्।

विभिन्न स्थानमा निरन्तर रूपमा खेल सामग्री वितरण गर्दै आउनुभएका उपाध्यायले यस पटक भलिबल खेलमा सक्रिय खेलप्रेमीहरूको आग्रहमा भलिबल प्रदान गरेका हुन्।

खेलप्रेमी तथा शिक्षक सुरेन्द्र बोहराका अनुसार,

“गोपी दाजु सधैं सहयोगी मनका धनी हुनुहुन्छ। आफूले सक्ने सहयोगमा कहिल्यै पछि नहट्ने उहाँबाट प्राप्त भलिबलले स्थानिय खेलप्रेमीहरूमा ठूलो उत्साह थपिएको छ।”

खेलप्रेमीहरूद्वारा जानकारी गराइएअनुसार, बेलुका ५ बजेदेखि भलिबल अभ्यास खेल नियमित रूपमा सुरु हुने छ।उपाध्यायप्रति खेलप्रेमीहरूले हार्दिक आभार र धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ