महाकाली बहुमुखी क्याम्पस बेलौरीमा होम सेन्टर स्थायीत्वको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनद्वारा निवेदन पत्र पेश

बेलौरी, चैत २२ – भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट दीपक चौधरीको अध्यक्षतामा नयाँ निर्वाचित टिमले आफ्नो पहिलो औपचारिक कार्यका रूपमा त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा यही क्याम्पसमा सञ्चालन गरिनुपर्ने माग गर्दै क्याम्पस प्रशासनलाई निवेदन पत्र पेश गरेको छ।

 वि.सं. २०७१ सालमा महाकाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा केन्द्र स्वीकृत गरिएको थियो। तर पछिल्लो समयमा परीक्षा केन्द्र अन्यत्र सारिँदै आएको छ, जसले विद्यार्थीहरूलाई विभिन्न असहज परिस्थितिहरूको सामना गर्न बाध्य बनाएको छ।

स्ववियु सभापति दीपक चौधरीका अनुसार परीक्षा दिन अन्यत्र जानु परेमा विद्यार्थीहरूलाई आर्थिक, भौतिक र मानसिक तनाव हुने गर्दछ। लामो दुरी यात्रा गर्नुपर्ने, यातायातको अभाव, अपरिचित वातावरणमा परीक्षा दिनुपर्ने बाध्यता र अतिरिक्त खर्चको मारले धेरै विद्यार्थीहरू प्रभावित हुने गरेका छन्।

परीक्षा केन्द्र यही क्याम्पसमा कायम हुँदा विद्यार्थीहरूले सहज, सुरक्षित र परिचित वातावरणमा परीक्षा दिन पाउने भएकाले यसको स्थायीत्व अत्यन्त आवश्यक रहेको स्ववियुको तर्क छ। स्ववियुले विश्वविद्यालय र क्याम्पस प्रशासनसँग यो माग गम्भीरतापूर्वक लिन र सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन आग्रह समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ