बेलौरीमा हनुमान जन्मोत्सवको अवसरमा बृहत् शोभायात्रा हुदै

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

बेलौरीमा चैत्र ३० गते हनुमान जन्मउत्सवको अवसरमा बृहत् शोभा यात्रा हुन गईरहेको छ।

 

दिनभर चल्ने सो कार्यक्रममा सुन्दरकाण्ड पाठ तथा भजन किर्तन हुने आयोजक समिति हिन्दु परिषद, बेलौरी कञ्चनपुर नगर समितिले जनाएको छ।

कार्यक्रमका संयोजक विजया लक्ष्मी श्रेष्ठको अनुसार नगरपालिका वडा नम्बर ४ रिछाहा स्थित बालाजी धामबाट सो कार्यक्रम शनिबार बिहान ९:३० बजेबाट सुरु हुनेछ।

 

त्यसपछि ११ बजेबाट सुन्दरकाण्ड पाठ सुरु भई तत्पश्चात् भण्डारा र रात्रिकालीन भजन रहनेछ।

त्यस्तै अर्को दिन बिहान पुनः भण्डारा चल्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ